नेसन्स लिग

इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित

नेपालभ्युज

इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित

काठमाडौं । इटाली घरेलु मैदानमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी जर्मनीसँग पराजित भएको छ ।

सान सिरोमा शुक्रबार बिहान भएको युईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा इटाली जर्मनीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

सान्ड्रो टोनालीले खेलको नवौं मिनेटमा गरेको गोलमा घरेलु टोली इटालीले अग्रता लिएको थियो । तर ४९औं मिनेटमा टिम क्लेइनडाइन्टले बराबरी गोल फर्काए ।

खेलको ७६औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गर्दै जर्मनीको जित सुनिश्चत गरे ।

अब दोस्रो लेग यही मार्च २४ मा जर्मनीको मैदानमा हुने । यस खेलमा जर्मनीले पहिलो लेगको नतिजा कायमै राखेका सेमिफाइनल स्थान पक्का गर्नेछ ।

सेमिफाइनलमा पुग्न इटालीले भने नतिजा उल्ट्याउँदै कम्तीमा २ गोलको अन्तरमा जित्नुपर्नेछ । क

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved