अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उनको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बित छ : इरान

नेपालभ्युज

अमेरिकी राष्ट्रपति ट्रम्पको पत्रमा उनको सार्वजनिक अभिव्यक्ति प्रतिबिम्बित छ : इरान

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आणविक सम्झौता गर्न आह्वान गरेको पत्र उनको आफ्नो सार्वजनिक अभिव्यक्तिसँग मेल खाएको इरानले सोमबार बताएको छ ।

तेहरानमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले भने,’पत्रको विषयवस्तुमा ट्रम्पको सार्वजनिक वक्तव्यबाट धेरै टाढा छैन र उही कुराकानीका बुँदाहरू दोहोरिएको छ।’

उनले भने,’पत्रमाथिको औपचारिक समीक्षापछि उपयुक्त च्यानलमार्फत हाम्रो प्रतिक्रिया उपलब्ध गराइनेछ ।’

ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सम्बोधन गरेको उक्त पत्र संयुक्त अरब इमिरेट्स (युएई) का वरिष्ठ कूटनीतिज्ञ अनवर गार्गाशले गत बुधबार तेहरानलाई हस्तान्तरण गरेका थिए ।

सोही दिन खामेनीले इरानले अहिले कै अवस्थामा संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न सम्भव नभएको बताएका थिए । उनले भने,’प्रस्तावित वार्ताले ‘प्रतिबन्धहरू हटाउने छैन’ तर यसको सट्टा ‘प्रतिबन्धहरूको गाँठो कसिलो बनाउने छ ।’

जनवरीमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केका ट्रम्पले इरानविरुद्धको प्रतिबन्धको ‘अधिकतम दबाब’ को नीतिलाई पुनः स्थापित गरेका छन् ।

इरानलाई आणविक बम प्राप्त गर्नबाट रोक्नु नै अमेरिकी दृष्टिकोण हो तर इरानले आफुले आणविक वम निर्माणको कार्यक्रमलाई कुनै महत्त्व नदिएको भन्दै अमेरिकी आरोपको खण्डन गर्दै आएको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved