मधेसविरुद्ध लुम्बिनी १५८ रनमा अलआउट

नेपालभ्युज

मधेसविरुद्ध लुम्बिनी १५८ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले मधेसलाई १५९ रनको लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा लुम्बिनी ४६ ओभरमा १५८ रन बनाएर अलआउट भएको हो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले अर्धशतकीय पारी खेले । उनले १२३ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७३ रन बनाए । कृष्णा कार्कीले ३३ र कप्तान देव खनालले १६ रन बनाए ।

मधेसका लागि भने विशाल पटेल र कमल गुप्ताले ३–३ विकेट लिए । हरिशङ्कर शाह, प्रदीप पासवान र रञ्जित कुमारले भने १–१ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved