स्वास्थ्य सचिवमा डा. मिश्रालाई नियुक्त नगर्नुको कारण माग

नेपालभ्युज

स्वास्थ्य सचिवमा डा. मिश्रालाई नियुक्त नगर्नुको कारण माग

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य सचिवमा डा. सङ्गीता मिश्रालाई नियुक्त नगर्नुको कारण सरकारसँग माग गरेको छ । वरिष्ठताको क्रममा अघि रहेपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै डा. मिश्रालाई चैत १ गते सर्वोच्चमा रिट निवेदन दिएकी थिइन् ।

न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले रिट उपर सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. सङ्गीता मिश्राले मन्त्रिपरिषद्लाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन् ।

सर्वोच्चले रिट उपर छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

फागुन १२ मा पूर्वसचिव डा‍. रोशन पोखरेलको ५ वर्षे कार्यकाल सकिएसँगै लोकसेवा आयोगले नयाँ सचिवका लागि नियुक्ति प्रक्रिया सुरु गरेको थियो ।

लोकसेवाले तीन अतिरिक्त सचिवहरू डा. मिश्रा, डा. विकास देवकोटा र डा. टङ्क बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । फागुन २१ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा. विकास देवकोटालाई सचिवमा नियुक्त गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved