कोशीले आर्मीलाई दियो २३१ रनको लक्ष्य, सुभनको अर्धशतक

नेपालभ्युज

कोशीले आर्मीलाई दियो २३१ रनको लक्ष्य, सुभनको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा कोशीले त्रिभुवन आर्मी क्लबलाई २३१ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कोशी ४९.३ ओभरमा २३० रन बनाएर अलआउट भएको हो ।

कोशीका लागि सुभन गहतराजले अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ७ चौका प्रहार गर्दै ५१ रन जोडे । सोनु अन्सारीले ४४ र सुजन थपलियाले ४२ रन बनाए ।

आर्मीका लागि सोमपाल कामीले ४ विकेट लिए । आकाश चन्द तथा साहब आलमले २–२ तथा कुशल मल्लले १ विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved