फ्रेन्च लिग वान : नाइस र ओसेरको १–१ को बराबरी

नेपालभ्युज

फ्रेन्च लिग वान : नाइस र ओसेरको १–१ को बराबरी

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा नाइस र ओसेरबीचको खेल १–१ को बराबरीमा टुंगिएको छ । खेलको सुरुवातदेखि नै दुबै टिम आक्रमक खेलेका थिए ।

खेलको ३७औं मिनेटमा नाइसका लागि इभान गेसान्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । नाइसको यो अग्रता  पहिलो हाफसम्म कायम थियो । तर, खेलको  ८७औं मिनेटमा नाइसका मेल्भिन बार्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

खेलको अतिरिक्त समयमा ओसेरका फ्लोरियन एयले बराबरी गोल गर्दै खेललाई १–१ मा पुर्‍याएपछि  दुबै टोलीले १–१ को बराबरीमा अंक बाँडे ।

योसँगै नाइस ४७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने ओसेर ३२ अंकका साथ ११ औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved