वुमन्स डे कप

युगान्डासँग हारेसँगै नेपाल फाइनल होडबाट बाहिर

नेपालभ्युज

युगान्डासँग हारेसँगै नेपाल फाइनल होडबाट बाहिर

काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप क्रिकेटमा लगातार पराजय भोगेसँगै नेपाल फाइनलमा पुग्ने होडबाट बाहिरिएको छ ।

बिहीबार राति सकिएको खेलमा घरेलु टोली युगान्डासँग ४० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनल होडबाट बाहिरिएको हो ।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ तथा इन्दु बर्माले ११ रन बनाउँदा पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष दुईमा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको पाँच खेलमा अङ्क मात्र छ । युगान्डा, नामिबिया र हङकङको समान ६ अंक छ ।

प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो । यसअघिको भेटमा युगान्डा नेपालसँग एक विकेटले पराजित भएको थियो ।

साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ । नेपाल अङ्क तालिकाको पुच्छारमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved