रुसमा एकैदिन १ लाख ५५ हजारमा कोरोना

नेपालभ्युज

रुसमा एकैदिन १ लाख ५५ हजारमा कोरोना

मस्को । रुसमा बिहीबार दैनिक कोरोना संक्रमितको आँकडाले नयाँ रेकर्ड बनाएको छ। यहाँ २४ घण्टामा १ लाख ५५ हजारभन्दा धेरैमा संक्रमण देखिएको हो। एकै दिन यति धेरै मानिसमा संक्रमण पुष्टि भएको यो पहिलोपटक हो। त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन्।

महामारीका शुरू भएयता रुसमा अहिलेसम्म ३ लाख ३३ हजार ३५७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ। रुसमा पछिल्लो समयमा कोभिडका सङ्क्रमितहरुको संख्या बढेको पनि पाइएको छ।

रुसमा सबैभन्दा बढी यहाँको राजधानी मस्को प्रभावित भएको छ। अहिले देखिएका सङ्क्रमितहरुमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन्। ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरुको तुलनामा बढी नै फैलिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved