एएफसी च्याम्पियन्स लिग

रोनाल्डोको पेनाल्टी गोलमा अल-नासरको सहज जित

पुग्यो क्वार्टरफाइनलमा

नेपालभ्युज

रोनाल्डोको पेनाल्टी गोलमा अल-नासरको सहज जित

काठमाडौं । अन्तिम–१६ को दोस्रो लेगमा इरानी क्लब एस्तेघलाल एफसीविरुद्ध ३–० को जित निकाल्दै साउदी अरेबियन क्लब अल-नासर एएफसी च्याम्पियन्स लिग एलिटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति अल अवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन जोन डुरानले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरे ।

खेलको नवौं मिनेटमा डुरानको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । २७औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पोर्चुगिज सुपरस्टार रोनाल्डोको प्रतियोगितामा यो सातौं गोल हो ।

मेहरान अहमदीले पहिलो हाफको इन्जुरी समयमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि एस्तेघलाल १० खेलाडीमा सीमित भयो ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा डुरानले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जित दिलाए ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो लेगमा ३–० को जित निकालेपछि अल नासर क्वार्टरफाइनलमा पुगेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved