राप्रपाले महानगरमै गएर तिर्‍यो एक लाख जरिवाना

नेपालभ्युज

राप्रपाले महानगरमै गएर तिर्‍यो एक लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौं महानगरपालिकाको कार्यालयमा पुगेर एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।

पूर्व राजा ज्ञानेन्द्रको स्वागतमा आइतबार गरिएको र्‍यालीले सडक फोहोर गरेको र रुख विरुवामा क्षति पुर्‍याएको भन्दै महानगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिवाता तिराउने निर्णय गरेको थियो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही सहितका नेताहरु कमलादीस्थित कार्यालयमा पुगेर जरिवाना तिरेको महानगरले बताएको छ ।

महानगरले राप्रपालाई यसअघि पनि जरिवाना तिराएको थियो । राप्रपाले २०८० चैत २७ मा भृकुटीमण्डपमा गरेको आमसभापछि फोहोर भएको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै महानगरले पाँच हजार २२२ रुपैयाँ जरिवाना तिराएको थियो ।

राप्रपाले तिर्ने भयो महानगरको जरिवाना, एमालेले अझै तिरेन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved