डोडीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

नेपालभ्युज

डोडीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
प्रतीकात्मक तस्वीर ।

डोटी । डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी लिए ।

घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो । माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन् । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved