वुमन्स डे टी–२० कप:

युगान्डामाथि नेपालको जित

नेपालभ्युज

युगान्डामाथि नेपालको जित

काठमाडौं । वुमन्स डे टी–२० कप क्रिकेटमा नेपालले युगान्डालाई पराजित गरेको छ ।

युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले घरेलु टोलीलाई १ विकेटले पराजित गरेको हो । ७६ रनको सामान्य लक्ष्य नेपालले १९.५ ओभरमा ओभरमा ९ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रनको योगदान गरिन् । पूजा महतोले १६ र रुविना क्षेत्री १० रन बनाइन् ।

युगान्डाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा ७५ रन बनाएको थियो ।

युगान्डाका लागि इम्माकुलेट नाकिसुयीले २२ र स्टेफनी नाम्पिनाले १४ रन बनाइन् ।

नेपालका लागि पूजा महतोले ३ तथा इन्दु बर्माले २ विकेट लिइन् ।

शनिबार भएको आफ्नो पहिलो खेलमा भने नेपाल नामिबियासँग ६ विकेटले पराजित भयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved