प्रधानमन्त्री कप क्रिकेट:

एपीएफले बागमती र कर्णालीले सुदूरपश्चिमलाई हरायो

नेपालभ्युज

एपीएफले बागमती र कर्णालीले सुदूरपश्चिमलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ क्लब र कर्णाली प्रदेशले जित हासिल गरेको छ ।

आइतबार भएका खेलमा एपीएफ क्लबले बागमती क्लबलाई १०० रन र कर्णालीले सुदूरपश्चिमलाई ७९ रनले हराएको हो ।

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा १७५ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको बागमती २८.२ ओभरमा ७४ रनमा अलआउट भयो । बागमतीका लागि शुभ कङ्शकरले १६ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् ।

एपीएफका लागि कमल सिंह ऐरीले ४, अमर रौतेला र रोहित पौडेलले २–२ तथा अविनाश बोहराले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको एपीएफ ४३.६ ओभरमा १७४ रनमा अलआउट भयो । एपीएफका लागि सन्दीप जोराले ३७, अमर रौतेलाले २६ तथा दीपक बोहराले २५ रन बनाए ।

बागमतीका लागि रिजन ढकालले फाइफर विकेट लिए । उनले ८ ओभरमा ३० रन खर्चेर ५ विकेट लिए । सो क्रममा उनले २ मेडन फाले । उनले एकै ओभरमा ३ विकेट पनि लिएका थिए । ४३.३, ४३.४ र ४३.६ ओभरमा रिजनले ३ विकेट लिएका थिए । नन्दन यादवले ३ तथा सूर्य तामाङले २ विकेट लिए ।

यस्तै, लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा कर्णालीले सुदूरपश्चिमलाई ७९ रनले पराजित गर्‍यो ।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २१ ओभरमा ७६ रनमा अलआउट भयो । सुदूरपश्चिमका लागि खड्क बोहराले २७ रन बनाए । किरण ठगुन्नाले १३ रन बनाउाँ शेर मल्ल भने १३ रनमा अविजित रहे ।

कर्णालीका लागि दिपेन्द्र रावतले ७ विकेट लिए । उनले ९ ओभरमा ३३ रन खर्चे । सो क्रममा उनले ३ मेडन फाले । उनले एकै ओभरमा १६.१, १६.३ र १६.६ ओभरमा ३ विकेट लिए । दिवान पुनले भने २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको कर्णाली ४०.४ ओभरमा १५५ रनमा अलआउट भयो ।

कर्णालीका लागि अर्जुन घर्तीले ७१ रन बनाए । उनले ९४ रनमा ३ चौका र ३ छक्का प्रहार गरे । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ विकेट लिए । नारायण जोशीले २ तथा भोज राज भट्ट, मिलन बोहरा र शेर मल्लले १–१ विकेट लिए ।

मैदान भिजेको कारण खेल ढिलो सुरु हुँदा खेललाई ४३ ओभरमा घटाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved