देउवाको स्वागतका लागि नेविसङ्घले राखेका झण्डा अखिल क्रान्तिकारीका विद्यार्थीले हटाएपछि…

नेपालभ्युज

देउवाको स्वागतका लागि नेविसङ्घले राखेका झण्डा अखिल क्रान्तिकारीका विद्यार्थीले हटाएपछि…

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले धनगढीको सडक छेउ राखेको झण्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

आन्दोललनरत प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट विद्यार्थीहरूले झण्डा हटाएका हुन् ।

सोमबारदेखि सुरु हुने काङ्ग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसङ्घका विद्यार्थीले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तसम्बन्धी ऐनको विरोधमा ती झण्डा हटाइएको आन्दोलनरत विद्यार्थीले बताएका छन् ।

अखिल क्रान्तिकारीका विद्यार्थीले झण्डा हटाउन थालेपछि नेविसङ्घका कार्यकर्ताले प्रतिकार गरेका थिए । यसले गर्दा केहीबेर सडकसमेत अवरुद्ध भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved