प्रधानमन्त्री कप क्रिकेट:

लुम्बिनीले कोशीलाई दियो २०९ रनको लक्ष्य, आकाशको अर्धशतक

नेपालभ्युज

लुम्बिनीले कोशीलाई दियो २०९ रनको लक्ष्य, आकाशको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीले कोशीलाई २०९ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनी ४८ ओभरमा २०८ रनमा अलआउट भएको हो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले ६६ रन बनाए । उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरे । मृनल गुरुङले ४३ र नर सार्कीले ४५ रन बनाए ।

कोशीका लागि प्रकाश कार्की र दीपेश कँडेलले ३–३ विकेट लिए ।

यस्तै, आइतबार सुरु भएको प्रतियोगितामा भैरहवा र लमहीमा २ खेल जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved