अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट

नेपालभ्युज

अफ्रिका कप अफ नेसन्सको फाइनलमा इजिप्ट

एजेन्सी । आयोजक क्यामरुनलाई सेमिफाइनलमा स्तब्ध पार्दै इजिप्टले अफ्रिका कप अफ नेसन्सको फाइनलमा स्थान बनाएको छ । अब फाइनलमा इजिप्टको भेट सेनेगलसँग हुनेछ ।

बिहीबार राति भएको खेलमा घरेलु टोली क्यामरुन पेनाल्टी सुटआउटमा पुगेर स्तब्ध भएको हो। निर्धारित तथा अतिरिक्त समयमा दुबै टिमबाट कुनै गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो। जहाँ, इजिप्टका गोलकिपर खेलको नायक बने।

क्यामरुनले प्रहार गरेका चार पेनाल्टीमध्ये १ मात्र गोल भयो। इजिप्टले प्रहार गरेको सबै ३ पेनाल्टीमा गोल गर्‍यो।अफ्रिका कप अफ नेसन्सको फाइनल खेल आइतबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved