एनएसएल : लजार आर्सिच झापा एफसीमा

नेपालभ्युज

एनएसएल : लजार आर्सिच झापा एफसीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) टिम झापा एफसीले सर्बियन मिडफिल्डर लजार आर्सिचलाई टोलीमा अनुबन्धन गरेको छ ।

सर्बिया, दक्षिण कोरिया, चीन, लेबनान, ग्रीस, र हङ्गेरीका शीर्ष लिगमा खेलेको अनुभव रहेका आर्सिचको आगमनले टिमलाई थप बलियो बनाउने झापा एफसीले जनाएको छ ।

क्लबका महासचिव सुजन गौतमले भने, “लजार आर्सिचको आगमनले हाम्रो आक्रमणलाई नयाँ उचाइ दिनेछ । उनको अनुभव र खेल शैलीले टिमलाई बलियो बनाउनेछ र झापा एफसीका समर्थकहरूले यस सिजन उत्कृष्ट प्रदर्शनको आशा गर्न सक्छन् ।”

यसअघि नै उज्वेकी डिफेन्डर अजामत अब्दुलेभलाई अनुबन्ध गरिसकेको झापा एफसीले टिमलाई थप बलियो बनाउँदै शीर्षता दाबीलाई सशक्त बनाउने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved