युगान्डा भ्रमणमा जाने महिला क्रिकेट टोलीको बिदाइ (तस्वीरहरू)

नेपालभ्युज

युगान्डा भ्रमणमा जाने महिला क्रिकेट टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले युगान्डा जाने राष्ट्रिय महिला टोलीको बिदाइ गरेको छ ।

मुलपानीस्थित क्यानको कार्यालयमा बुधबार आयोजना गरिएका एक कार्यक्रममा महिला टोलीको बिदाइ गरिएको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्कालगायतका पदाधिकारीको उपस्थिति थियो ।

भ्रमणमा नेपाल, घरेलु टोली युगान्डा, नामिबिया र हङकङबीच प्रतिस्पर्धा हुनेछ । नेपालले आफ्नो पहिलो म्याच भने नामिबियासँग मार्च ८ मा खेल्ने छ ।

मार्च ६ देखि मार्च १७ सम्म चल्ने प्रतियोगितामा नेपालको नेतृत्व इन्दु बर्माले गर्नेछिन् । अनुभवी र नयाँ खेलाडीको मिश्रण रहेको टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभाव पार्ने लक्ष्य राखेको छ ।

१८ सदस्यीय टोलीमा नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री बेल्वासे, सम्झना कुमारी खड्का, रचना कुमारी चौधरी, ममता कुमारी चौधरी, पूजा महतो, राजमती ऐरी, कविता जोशी, विन्दु रावल, अलिसा कुमारी यादव, रोमा थापा, मनीषा कुमारी उपाध्याय, सवनम राई, ईश्वरी विष्ट, शोभा रोकाय, साना प्रविन, रिया शर्मा र सीमाना केसी छन् ।

यो भ्रमण नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्त्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved