मोदीलाई सगरमाथा संवाद कार्यक्रममा निम्तो गरिने, परराष्ट्रमन्त्रीले मागिन् समय

नेपालभ्युज

मोदीलाई सगरमाथा संवाद कार्यक्रममा निम्तो गरिने, परराष्ट्रमन्त्रीले मागिन् समय

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रममा आमन्त्रण गर्ने तयारी गरिएको छ ।

कार्यक्रमका लागि निम्तो दिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समय मागेकी छन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शङ्कर शर्माले परराष्ट्रमन्त्री सँगको भेटका लागि समय मिलाइ दिन आग्रह गर्दै भारतका विदेशसचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।

मार्च १७-१९ मा नयाँ दिल्लीमा आयोजित रायसिना डायलगमा सहभागी हुने बेलामा राणाले मोदीको समय मागेकी हुन् ।

यससँगै नेपालको तर्फबाट अप्रिल २-४ सम्म थाइल्याण्डको राजधानी बैङ्ककमा हुने बिमस्टेक सम्मेलनमा मोदीसँग साइडलाइन वार्ताको लागि पनि आग्रह गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved