राखेपको ज्ञापनपत्र खेलकुदमन्त्रीद्वारा अस्वीकार

नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले आरोप- परिषद्मा कर्मचारीले तलब खान नपाउनु खेलकुदमन्त्रीको अकर्मण्यता

नेपालभ्युज

राखेपको ज्ञापनपत्र खेलकुदमन्त्रीद्वारा अस्वीकार

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्यहरूले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन्।

बिहीबार मन्त्रालयमा राखेपका बोर्ड सदस्यहरूले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन्। ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरूले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन्।

ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरू सँगको कुराकानीमा राखेपका कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महीना यता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए। राखेपमा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताए।

त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्मा अहिले कर्मचारीहरूले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाएका छन्। उनले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिंग भइरहेको बताए। उनले खेलाडी र खेलमा रजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved