इजरायलले गाजा युद्धविरामको अवधि ४२ दिन थप्यो

नेपालभ्युज

इजरायलले गाजा युद्धविरामको अवधि ४२ दिन थप्यो

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा युद्धविराम सम्झौताको अवधि थप्ने प्रस्तावलाई अनुमोदन गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ विटकफले अघि सारेको यो प्रस्तावलाई नेतन्याहुले आइतबार अनुमोदन गरेका हुन् ।

इजरायली प्रधानमन्त्री नेतान्याहुले मुस्लिमको रमजान र यहुदीहरूको निस्तार चाडलाई ध्यानमा राख्दै गाजा युद्धविरामलाई थप ६ हप्ता (४२ दिन)का लागि अस्थायी रुपमा विस्तार गर्न अनुमोदन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचार छ ।

शनिबार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो ।

स्टिभ विटकफको यो नयाँ प्रस्तावअन्तर्गत यदि इजरायललाई दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने उसले ४२ दिनपछि पुनः लडाइँ सुरु गर्न सक्नेछ ।

यस्तोमा इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहेको छ भने हमास दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शनिबार इजरायललाई लगभग ४ अर्ब डलर बराबरको सैन्य सहायता वितरणलाई तीव्रता दिने सहमति भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved