शिवम् सिमेन्ट ‘अवार्डस फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित 

नेपालभ्युज

शिवम् सिमेन्ट ‘अवार्डस फर कर्पोरेट एक्सेलेन्स २०२४’ बाट सम्मानित 

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेड ‘अवार्डस फर कर्पाेरेट एक्सेलेन्स २०२४’  बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजित ‘द एचआरएम अवार्डस फर कर्पाेरेट एक्सेलेन्स’ कार्यक्रममा शिवम् सिमेन्ट्सलाई उत्पादनमूलक वर्गीकरण कम्पनीहरूमध्ये उत्कृष्ट रहेको भन्दै सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा फरक-फरक विधामा विभिन्न कम्पनीहरू तथा संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो । यसरी उत्कृष्ट उत्पादनमूलक उद्योगको रूपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरूमासमेत विभिन्न अवार्डहरूबाट सम्मानित भईसकेको छ ।

५३ ग्रेड तथा ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको शिवम् ओपीसी सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरूका साथै अनेकौँ संरचना निर्माणमासमेत शिवम् सिमेन्टले लामो समयदेखि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved