कास्की । पर्यटकीय राजधानी पोखरा नजिकै रहेको पुम्दीकोट आन्तरिक एवं बाह्य पर्यटकको लागि अहिले प्रमुख रोजाइको गन्तव्य बनेको छ।
समुन्द्री सतहबाट करिब १५०० मिटरको उचाईमा रहेको पुम्दीकोटमा ५२ फिट अग्लो विशाल भगवान् शिवको मूर्ति निर्माण गरिएसँगै यो क्षेत्र अहिले भारतीयसहित नेपाली धार्मिक पर्यटकको आस्थाको केन्द्रसमेत बनेको छ।
नेपालकै अग्लो दाबी गरिएको शिवको मूर्तिसहित अन्य संरचना पूरा गर्न ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यहाँ राखिएको शिवको मुर्ति भारतको मथुराबाट ल्याइएको हो। मूर्ति बाहिर फाइबर र भित्र स्टिलबाट निर्माण गरिएको हो ।
पुम्दीकोटमा शिवको बृहत् चिनारीसहित १०८ शिवलिङ्ग, १०८ स्वर्गद्वारी सिँढी, सुमेरु पर्वत, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्ति स्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, लगायत संरचनाहरू बन्ने छन्।
मौसम खुलेको बेला यहाँबाट धौलागिरी, अन्नपूर्ण लगायतका हिमालहरु , फेवाताल र पोखरा उपत्यकाको मनोरम दृश्य देखिन्छ।
हेरौँ, तस्वीरहरू –

Facebook Comment
Comment