अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्त

म्यानमारलाई हराएर इतिहास रच्ने दाउमा नेपाल

नेपालभ्युज

म्यानमारलाई हराएर इतिहास रच्ने दाउमा नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधिका आज (बुधबार) घरेलु टोली नेपाल र म्यानमार भिड्दैछन् ।

फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू उपाधि जित्नेमा ढुक्क रहेको बताएका थिए ।

प्रतियोगितामा नेपाल र म्यानमारसँगै लेबनान र किर्गिस्तानले पनि सहभागिता जनाएका थिए । फाइनलमा पुगेका दुवै टोलीले लिग चरणमा लेबनान र कीर्तिस्तानलाई हराएका थिए । नेपाल र म्यानमारबीचको खेल भने बराबरीमा सकिएको थियो ।

नेपालले हालसम्म म्यानमारलाई हराउन सकेको छैन । यसअघि यी टोलीबीच तीन पटक भेट भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा एक खेल भने बराबरीममा सकिएको छ ।

यसर्थ नेपाल आज घरेलु मैदानमा हराएर इतिहास रच्ने दाउमा छ ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : उपाधि जित्नेमा दुवै टोली ढुक्क

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved