एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

नेपालभ्युज

एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र सेमिफाइनलमा

काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए ।

मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि आजै भएको पहिलो खेलमा एपीएफलाई पराजित गर्दै सङ्कटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved