अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका : वर्षाले टससमेत हुन सकेन

नेपालभ्युज

अष्ट्रेलिया भर्सेस दक्षिण अफ्रिका : वर्षाले टससमेत हुन सकेन

काठमाडौं । च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण सुरु हुन ढिलाइ भएको छ ।

नेपाली समयअनुसार २:४५ बजेदेखि सुरु हुनुपर्ने खेल वर्षाको कारणले अहिलेसम्म टससमेत हुन सकेको छैन ।  अब वर्षा रोकिएको खण्डमा ओभर घटाएर खेल खेलाइनेछ ।

च्याम्पियन्स ट्रफीको इतिहासमा दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।

यस च्याम्पियन्स ट्रफीमा दुवै टोली आफ्नो पहिलो खेल जितेका छन् । अष्ट्रेलियाले इङ्ग्ल्याण्डलाई पराजित गर्‍यो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो ।

दुवै टोलीको सम्भावित प्लेइङ-११

अष्ट्रेलिया – स्टिभ स्मिथ (कप्तान), म्याथ्यू सर्ट, ट्राभिस हेड, मार्नस लाबुस्चेन, एलेक्स केरी, जोश इन्ग्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन द्वारशिस, नाथन एलिस, स्पेन्सर जोनसन र एडम जाम्पा ।

दक्षिण अफ्रिका – टेम्बा बाभुमा (कप्तान), रायन रिकेलटन, हेनरिक क्लासेन (विकेटकिपर), रस्सी भ्यान डेर डुसेन, एडेन मार्क्रम, डेभिड मिलर, वेन मुल्डर, मार्को जानसेन, कागिसो रबाडा, केशव महाराज र लुंगी न्गिडी ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved