काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस काभ्रेमा दुर्घटना, १७ जना घाइते

नेपालभ्युज

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस काभ्रेमा दुर्घटना, १७ जना घाइते
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको बस काभ्रेको काभ्रेभञ्ज्याङ पुग्लामा मङ्गलबार बिहान दुर्घटनामा परेको छ ।

बागमती प्रदेश ३००१–००५ख ९९४२ नम्बरको अरनिको यातायातको बस सडकको नालीमा पल्टिएको काभ्रे प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट बसमा सवार चालक र सह–चालकसहित १७ जना घाइते भएका छन् । चालक र सह–चालकको टाउकोमा गभ्मीर चोट लागेको बताइएको छ ।

घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पतालमा ल्याइएको छ । बसमा २४ जना सवार थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved