एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा

नेपालभ्युज

एनआरटीलाई हराउँदै आयोजक केपी एफसी सेमिफाइनलमा

काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै आयोजक टोली जारी केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोस्रो खेलको एनआरटीलाई १–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।

केपी एफसीका लागि सुरज ज्यु ठकुरीले निर्णायक गोल गरे । उनले खेलको ६३औं मिनेटमा डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

आयोजक टोलीले अब फाइनल प्रवेशका लागि मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडको विजेतासँग खेल्नेछ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved