वुमेन्स च्याम्पियनसिप : लेबनानको सुखद् अन्त्य

नेपालभ्युज

वुमेन्स च्याम्पियनसिप : लेबनानको सुखद् अन्त्य

काठमाडौं । इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपमा लेबनानले आफ्नो अन्तिम खेलमा जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा लेबनानले कीर्गिस्तानलाई २–० को गोलअन्तरले पराजित गरेको हो ।

लेबनानका लागि क्रिस्टी मलोउफ र म्या रोसे महान्नाले गोल गरिन् । क्रीस्टीले १३औं मिनेट र महान्नाले २२औं मिनेटमा गोल गरेका हुन् ।

यससँगै लेबनानले ३ मध्ये २ खेलमा पराजय र १ मा जित हासिल गर्दै तीन अङ्क जोडेर सुखद् अन्त्य गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved