शाइन रेसुङ्गा रनमा सन्तोषी र मिङ्गमार च्याम्पियन

नेपालभ्युज

शाइन रेसुङ्गा रनमा सन्तोषी र मिङ्गमार च्याम्पियन

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको उपाधि सन्तोषी श्रेष्ठ र मिङ्गमारसिंह तामाङले जितेका छन् ।

रुपन्देहीको बुटवलमा आइतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्गमार च्याम्पियन बनेका हुन् । च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक लाख रुपैयाँ प्राप्त गरेका छन्।

सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पूरा गरिन् । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथो र नारायणी भण्डारी पाँचौं बनिन् ।

पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथो र अक्कल बडवाल पाँचौं भए ।

दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस्तै, स्थानीय पाँच किलोमिटर स्पर्धामा शिव रायमाझी र पूजा पछाईं विजेता बने । पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथो बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथो भइन्।

यस्तै, भेट्रान्स स्पर्धामा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुवेदी दोस्रो बनिन् । पुरुषतर्फ युवबहादुर राना पहिलो, गोविन्द थापा दोस्रो, केशरसिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथो भए । दुवै स्पर्धाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved