च्याम्पियन्स ट्रफी : बेन डकेटले १६५ रन बनाएपछि इङ्गल्याण्डले अष्ट्रेलियालाई दियो उच्च लक्ष्य

नेपालभ्युज

च्याम्पियन्स ट्रफी : बेन डकेटले १६५ रन बनाएपछि इङ्गल्याण्डले अष्ट्रेलियालाई दियो उच्च लक्ष्य

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको आज जारी खेलमा इङ्गल्याण्डले अस्ट्रेलियालाई ३ सय ५२ रनको उच्च लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इङ्ग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५१ रन बनाएको हो ।

ओपनर बेन डकेटले १४३ बलमा १६५ रन प्रहार गरेपछि इङ्लिस टोली उच्च स्कोरमा पुगेको थियो । डकेटले १७ चौका र ३ छक्का प्रहार गरे ।

जो रुटले ६८ रन बनाउँदै उनलाई साथ दिए ।  अस्ट्रेलियका लागि बेन ड्वार्सहुइसले ३ विकेट लिए । त्यस्तै, एडम जाम्पा र मार्नस लाबुसेनले २–२ तथा ग्लेन म्याक्सवेलले १ विकेट हात पारे ।

ट्रफीको समूह बीमा अस्ट्रेलिया र इङ्ग्ल्याण्डसहित दक्षिण अफ्रिका र अफगानिस्तान रहेका छन् । समूहको पहिलो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved