मधेस प्रदेशको कप्तानमा अनिल साह र पूजा महत

नेपालभ्युज

मधेस प्रदेशको कप्तानमा अनिल साह र पूजा महत

काठमाडौं । मधेस प्रदेश क्रिकेट सङ्घले पुरुषतर्फको क्रिकेट टोलीमा अनिल साहलाई कप्तानको जिम्मेवारी दिएको छ ।

शनिबार बसेको सङ्घको बैठकले साहलाई कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो । यस्तै, पूजा महतोलाई महिला टोलीको कप्तानको रुपमा नियुक्त गरिएको छ।

बैठकका निर्णय सर्वाजनिक गर्दै मधेसले हरि शङ्कर साहले गरेको योगदानको उच्च मूल्याङ्कन गरिने बताएको छ ।

यस्तै, फागुन १६ गते देखि मधेस प्रदेशस्तरीय प्रधानमन्त्री कप छनोट क्रिकेट प्रतियोगिता पर्सा जिल्ला क्रिकेट सङ्घको आयोजनामा गरिने पनि बैठकले निर्णय गरेको छ ।

जय ट्रफीको लागि पाएको जिम्मेवारीको लागि पनि नेपाल क्रिकेट सङ्घ (क्यान)लाई धन्यवाद दिने पनि बैठकले निर्णय गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved