आईसीसी च्याम्पियन्स ट्रफी: दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित

नेपालभ्युज

आईसीसी च्याम्पियन्स ट्रफी: दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित

काठमाडाैं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा दक्षिण अफ्रिकासँग अफगानिस्तान १०७ रनले पराजित भएको छ। ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३ ओभर ३ बलमा २०८ रनमै समेटियो ।

अफगानिस्तानका लागि रहमत साहले सर्वाधिक ९० रन जोडे । दक्षिण अफ्रिकाका कागिसो रबडाले तीन विकेट लिए भने वइन मुल्दार, लुंगि एन्गिडीले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय १५ रन बनायो । अफ्रिकाका ओपनर रायन रिकल्टनले शतक बनाए । एडेन मार्करम र कप्तान टेम्बा बमुभाले अर्धशतक बनाए ।

अफगानिस्तानका मोहम्मद नाबिले दुई तथा फैजल हक फारुकी, नुर अहमद र अजमतुल्लाह उमरजाईले समान एक/एक विकेट लिए । आजको खेल अस्ट्रेलिया र इङ्ग्ल्याण्डबीच हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved