प्रहरीलाई कुटेको आरोपमा अनेरास्ववियु अस्कलका सचिव शाही पक्राउ

नेपालभ्युज

प्रहरीलाई कुटेको आरोपमा अनेरास्ववियु अस्कलका सचिव शाही पक्राउ

काठमाडौं । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गरेको आरोपमा  अनेरास्ववियु  अमृत साइन्स क्याम्पस (अस्कल)को इकाई सचिव पक्राउ परेका छन् ।

अखिलको क्याम्पस इकाई कमिटीका सचिव गोपाल बहादुर शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनीमाथी जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढेको बताइएको छ ।

सोही घटनामा संलग्न अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशी यसअघि नै पक्राउ परिसकेका छन् ।

सो घटनामा हालसम्म  पक्राउ पर्नेको संख्या ४ पुगेको  छ । घटनामा संलग्न दुईजना अझै फरार छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved