कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत

नेपालभ्युज

कर्णाली प्रदेशसभाबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठकबाट पाँच अध्यादेश सर्वसम्मत स्वीकृत भएका छन्। कर्णाली प्रदेशसभाको बैठक चालु नभएको अवस्थामा कर्णाली प्रदेश प्रमुखबाट प्रदेश सरकारका नियमित कार्य सञ्चालनका लागि जारी भएका पाँच अध्यादेश बैठकबाट सर्वसम्मत स्वीकृत भएका हुन्।

बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई ‘कणाली प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘कर्णाली प्रदेश आर्थिक अध्यादेश २०७८’ र ‘कर्णाली प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश, २०७८’ स्वीकृतका लागि सभामा प्रस्ताव गर्न समय दिए।

उक्त विधेयक योजनामन्त्री विन्दमान विष्टले यही पुस २८ गते प्रदेशसभामा पेश गरेका थिए। पेश भएका कुनै पनि अध्यादेशमा विरोधको सूचना नआएपछि सभामुख शाहीले सभामा निणयार्थ पेश गरेसँगै तीनवटै अध्यादेश सर्वसम्मतिले स्वीकृत गरिएको थियो।

त्यसैगरी, कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले आज प्रदेशभसा बैठकमा स्वीकृतिका लागि प्रस्ताव गरेको ‘प्रदेश लोक सेवा आयोग दोस्रो संशोधन अध्यादेश, २०७८’ र ‘प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७८’ पनि सभाबाट सर्वसम्मत स्वीकृत गरिएको छ।

उक्त बैठकमा कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंह, सामाजिक विकास समितिका अध्यक्ष देवी ओली र विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष दानसिंह परियारले आ–आफ्ना समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रदेशसभाको अर्को बैठक माघ २३ गते दिउँसो १ बजे बस्ने सभामुख शाहीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved