काठमाडौं । स्वर्गर्द्वारी गुठीका १६ हजारभन्दा बढी मोही किसानले आफ्नो जोतभोग गरेको १९ हजार ४१० रोपनी जमिनमाथिको अधिकारका लागि भन्दै माघ २० गतेदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।
पशुपति धर्मशालामा बसेका उनीहरू त्यहाँबाट र्यालीसहित बिहानै प्रदर्शनका लागि माइतीघर आउने गरेका छन् ।
आज (शुक्रबार) पनि माइतीघर आउने क्रममा प्रदर्शनकारीहरूले माइतीघर–नयाँ बानेश्वर सडकखण्डमा सुतेर विरोध प्रदर्शन गरे । उनीहरू त्यहाँ करिब १० मिनेट सुतेका थिए ।
२०७५ सालदेखि सङ्घर्षरत उनीहरू आफ्नो मोहियानी भएको जमिन गुठी संस्थानले सरकारीकरण गर्न खोजेको भन्दै फेरि विरोधमा उत्रिएका हुन् ।
मोही किसानले २०७९ सालदेखि काठमाडौंकेन्द्रित आन्दोलन जारी राख्दै आएका छन् । उनीहरूले आफूले जोतभोग गर्दै आएको जमिन आफ्नो नाममा दर्ता हुनुपर्ने माग गर्दै आएका हुन् ।
तस्वीरहरू :


Facebook Comment
Comment