दिल्ली विधानसभा चुनाव : ४ सिटको नतिजा सार्वजनिक, केजरीवाल हार नजिक

नेपालभ्युज

दिल्ली विधानसभा चुनाव : ४ सिटको नतिजा सार्वजनिक, केजरीवाल हार नजिक

काठमाडौं । दिल्ली विधानसभा चुनावको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

निर्वाचन आयोगकाअनुसार अहिलेसम्म ४ सिटको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

जसमा भारतीय जनता पार्टीले २ र आम आदमी पार्टीले दुई सिट जितेका छन् ।

भाजपाकी रेखा गुप्ता शालिमार बाग (१४) बाट र मनजिन्दर सिंह सिरसा राजौरी गार्डेन (२७)बाट विजयी भएका छन् ।

यस्तै, आपका वीरेन्द्र सिंह काडियानले दिल्ली क्यान्ट (३८) बाट र कुलदीप कुमार (मोनु) कोन्डली (५६) बाट विजयी भएका छन् ।

पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् । तर, निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।

आप राष्ट्रिय संयोजक अरविन्द केजरीवालले हारको सङ्घारमा छन् ।

पछिल्लो अपडेटअनुसार भाजपा ४५ र आप २१ सिटमा अग्रस्थानमा रहेका छन् । दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved