दिल्ली विधानसभा चुनाव : आपका चर्चित नेता मनीष सिसोदिया पराजित

नेपालभ्युज

दिल्ली विधानसभा चुनाव : आपका चर्चित नेता मनीष सिसोदिया पराजित

काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् ।

सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।

जङ्गपुरा विधानसभा सिटमा सिसोदिया र तरविन्दरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर, अन्त्यमा तरविन्दरले झन्डै ६ मतान्तरले जिते ।

सिसोदियाले आफूले नै ६०० मतले हारेको बताएका छन् ।

नतिजाको बारेमा सिसोदियाले भने, “हामीले जङ्गपुरा सिटमा कडा प्रतिस्पर्धा गर्यौँ र लगभग ६०० मतले हार्यौँ । जित्नेलाई बधाई छ ।”

निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved