फ्रेन्च कपमा नाइससँग पेनाल्टी सुटआउटबाट बाहिरियो पिएसजी

फ्रेन्च कपको अन्तिम १६ बाटै डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पिएसजी) बाहिरिएको छ।

नेपालभ्युज

फ्रेन्च कपमा नाइससँग पेनाल्टी सुटआउटबाट बाहिरियो पिएसजी

काठमाडौं। फ्रेन्च कपको अन्तिम १६ बाटै डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेइन (पिएसजी) बाहिरिएको छ। सोमबार भएको खेलमा नाइससँग पेनाल्टी सुटआउटमा पिएसजी पराजित भएको हो।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। जहाँ ६–५ ले नाइसले खेल आफ्नो पक्षमा पा¥यो। निर्धारित समयमा पिएसजीले गोलका केही राम्रा मौका चुकाएको थियो। पिएसजीबाट लोनमा नाइस पुगेका गोलरक्षक मारिसिन बुल्काले सोमबार दुई पेनाल्टी सेभ गरेका थिए। उनले नाइसमा ११ पेनाल्टी सेभ गरिसकेका छन्।

क्वाटरफाइनल पुगेको नाइस भने अब सेमिफाइनल प्रवेशका लागि मार्सेलीसँग प्रतिस्पर्धा गर्नेछ। हारले भने पिएसजीलाई धक्का लागेको छ। पोचिटिन्होले लियोनेल मेसीसहितको बलियो टिम उतारे पनि सफल हुन सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved