किक बक्सिङ टोली भारत प्रस्थान

नेपालभ्युज

किक बक्सिङ टोली भारत प्रस्थान

काठमाडौं । चौथो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

शनिबारदेखि फेब्रुअरी ५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको ६७ किलो सुनिम श्रेष्ठ, ५४ किलोमुनि आशिक कोली र ५१ किलोनि चिरन राई तथा भक्तराज जोशीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । प्रशिक्षकमा दिवान्स श्रेष्ठ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले शुक्रबार यहाँ आयोजित एक कार्यक्रमका बीचमा खेलाडीलाई बिदाइ गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved