सामाजिक संजाल संचालन विधेयकप्रति महासंघको आपत्ति

नेपालभ्युज

सामाजिक संजाल संचालन विधेयकप्रति महासंघको आपत्ति

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले संसदमा दर्ता गराएको सामाजिक संजाल संचालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ ।

महासंघले बुधबार एक  प्रेस विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघ लगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा गम्भीर असहमति प्रकट गरेको हो ।

महासंघले सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठत पार्ने प्रावधानहरु सच्याएरमात्र विधेयक अगाडि बढाउन सरकार र संसदलाई आग्रह गरेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानून स्वीकार्य नहुनेतर्फ पनि महासंघले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

सरकारले मंगलबारमात्रै सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन सम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved