काठमाडौं । भ्यालेन्टाइन सिजनको लागि सामसङ नेपालले अफर सार्वजनिक गरेको छ । प्रेम दिवसको अवसर पार्दै सामसङले ग्यालेक्सी जेड सिरिजका फोल्डेबल वा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोनहरू सार्वजनिक गरेको हो ।
यो भ्यालेन्टाइन सिजनमा ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जिबि) सार्वजनिक भएको छ । जुन खरिद गर्दा २५,००० रुपैयाँसम्म छुट पाउन सकिने बताइएको छ ।
यस प्राइस् ड्रपका साथै ग्यालेक्सी जेड फोल्ड ६ को खरिद गर्दा ५,४९९ रुपैयाँ मूल्य रहेको क्लियर केस र ग्यालेक्सी जेड फ्लिप ६ को खरिदमा ५,४९९ रुपैयाँ मूल्य रहेको सिलिकन केस पनि ग्राहकहरूले निःशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्स सेवाबाटसमेत ग्यालेक्सी जेड सिरिजका स्मार्टफोनहरूलाई १८ महिनासम्म र ग्यालेक्सी एस २४ अल्ट्रालाई १२ महिनासम्मको अवधि भित्र ०% ब्याज दरमा सजिलो ईएमआईमा प्राप्त गर्न सकिनेछ ।
यो प्रक्रियालाई सहज बनाउनको लागि प्रमाणपत्रको रुपमा खरिदकर्ताले आफ्नो नागरिकता राख्नुपर्ने छ ।
Facebook Comment
Comment