सरकारले शहीद दिवसको अवसरमा विशेष समारोह आयोजना गर्ने

नेपालभ्युज

सरकारले शहीद दिवसको अवसरमा विशेष समारोह आयोजना गर्ने

काठमाडौं । सरकारले माघ १६ गते शहीद दिवसको अवसरमा बुधबार काठमाडौंमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

शहीद दिवसका दिन पहिला शहीदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौंको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।

त्यस्तै, बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्रयाकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय भएको बताए ।

सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको स्पष्ट पारे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved