काठमाडौं । सामसङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ ।
ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९ केजी बिस्पोक फ्रन्ट–लोड वाशिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुन सजिलो बनाउने बताइएको छ ।
एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू प्रस्तुत गर्दै यी वाशिङ मेसिनहरूद्वारा लुगा धुने कामलाई काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखेका छन् ।
मूल्य र उपलब्धता
दुई मोडलमा उपलब्ध – सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिनहरूको मूल्य १०१,९९० रुपैयाँबाट सुरु हुन्छ । प्रिमियम लन्ड्री सलुसनहरू पहुँच भित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको छ ।
यी उपकरणहरू ० प्रतिशत ब्याज ईएमआई अफर रहेको सामसङ इन्स्टा फाइनान्समार्फत खरिद गर्न सजिलो बनाइएको छ ।
लुगा धुने अनुभवलाई अपग्रेड गर्न खोज्ने उपभोक्ताहरूको लागि यस बिस्पोक एआई वाशिङ मेसिन दायरामा सजिलो सँग अपग्रेड गर्न एक्सचेन्ज अफरहरू पनि उपलब्ध छ ।
यी नयाँ लन्च भएको ९ केजी वासिङ मेसिनमा एक्सचेन्ज गरी अपग्रेड गर्ने उपभोक्ताहरूले एक्सचेन्ज पार्टनर arkostore.com मार्फत ३००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्छन् ।
Facebook Comment
Comment