अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा इजिप्ट

नेपालभ्युज

अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा इजिप्ट

एजेन्सी। अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा इजिप्ट प्रवेश गरेको छ। गए राति भएको खेलमा इजिप्टले मोरोक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

इजिप्टलाई जित दिलाउनको लागि मोमम्हद सलाह र ट्रजिग्वेटले समान एक–एक गोल गरे । मोरोक्कोका लागि सोफिएन बोउफलले गोल गरेका थिए।

खेलको सुरु भएको चैथो मिनेटमा नै मोरोक्कोले अग्रता लिएको थियो। पेनाल्टीमा बोउफलले गोल गर्दै मोरोक्कोलाई अग्रता दिलाएका थिए।

५३औं मिनेटमा कप्तान सलाहले गोल गर्दै इजिप्टलाई खेलमा फर्काए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्बिएको थियो। १००औं मिनेटमा ट्राजिग्वेटले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। त्यसपछि थप गोल निस्कन नसक्दा इजिप्टले जित निकाल्न सफल भयो। यसअघि क्यामरुनले शनिबार राति गाम्वियालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved