प्रेमिका कुटपिटको आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ

नेपालभ्युज

प्रेमिका कुटपिटको आरोपमा म्यानचेस्टरका फरवार्ड मासन पक्राउ

काठमाडौं। प्रेमिका कुटपिट आरोपमा म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मासन ग्रीनउड पक्राउ परेका छन्। प्रेमिका ह्यारिट रोब्सनले बलात्कार र कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।

प्रहरीले भने आरोपमाथि अनुसन्धान शुरु भएको बताएको छ। उनकी प्रेमिका रोब्सनले आफूमाथि आक्रमण गरेको भन्दै इस्टाग्राममा पोस्टसमेत गरेकी छन्। यो विषयमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताइएको छ।

ग्रीनउडले आक्रमण गरेको भन्दै सार्वजनिक भएका तस्बिरमा रगत बगिरहेको र शरीरमा निलडाम देखिएको छ। यस्तो आरोप लागेपछि युनाइटेडले ग्रीनउडलाई निलम्बन गरिसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved