एनसेल बाह्रखरी गल्फ १३ र १४ फागुनमा 

नेपालभ्युज

एनसेल बाह्रखरी गल्फ १३ र १४ फागुनमा 
धरान । बाह्रखरी मिडियाले आगामी १३ र १४ फागुनमा  प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिए।
पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता भएको बताए। पूर्व अर्थसचिव रामेश्वर खनालले गल्फसँगै समृद्धिको मार्गका विषयमा समेत छलफल हुनु सुखद् रहेको बताए। उनले अब राजनीतिबाट समृद्धि सम्भव नभएको बताए।
“अब राजनीतिबाट समृद्धि सम्भव भए । जसले जहाँ सक्छ त्यहाँ लाभ लिने प्रवृत्ति बढेको छ। यो समस्या निजी क्षेत्रमा पनि छ । धनसंग्रह आफूले मात्रै गर्ने प्रवृत्ति देखिएको छ,” उनले भने, “त्यसले समष्टिगतरुपमा विकास हुँदो रहेनछ। अब गर्ने भनेको निजी क्षेत्रले नै हो। अबको समृद्धि युवा उद्यमशिलताबाटै हुने हो।’’
युवा व्यवसायी तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरन्जन श्रेष्ठले प्रदेश एक  क्षेत्र उद्यमीको केन्द्र रहेको बताए। “यो समृद्धिको इन्जिन हो,” उनले भने, “प्रदेश एक धेरै अघिदेखि नै उद्यमीको लागि राम्रो ठाउँ हो। अहिले आयोजना गर्न लागिएको गल्फसँगै युवा उद्यमीका अभियान लिएर जसरी हिँड्न लागिएको छ । त्यसले ठूलो सहयोग पुर्याउनेछ।”
व्यवसायी तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरेले बाह्रखरीले सगरमाथाको काखमा गल्फ गर्नु नै ठूलो सफलता भएको बताए।
गोकर्ण गल्फ क्लबका प्रबन्धक दीपक आचार्यले सहभागीहरूलाई विभिन्न विधामा पुरस्कार दिइने बताए। ६० वर्षमाथिका विजयी खेलाडीलाई पनि पुरस्कारको व्यवस्था रहेको उनले बताए।
त्यसैगरी धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले गल्फ प्रतियोगितलो प्रदेश एककै गरिमा बढाउने विश्वास व्यक्त गरे। बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले प्रदेश एकको समृद्धिमा जोड दिएर यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी बताए।
“हामीले प्रदेश एकको समृद्धिमा जोड दिएर यो कार्यक्रम गर्न लागेका हौं । हामीले गल्फसँगै अन्य कार्यक्रम पनि आयोजना गरेका हौं । इटहरीमा योङ आन्टरप्रिनुअर्ससँग मिलेर कार्यक्रम आयोजना गर्दैछोँ भने विराटनगरमा उद्योग संगठन मोरङसँग मिलेर इकोनोमिक समीट आयोजना गरेका छौँ। हामीले यस प्रदेशका विभिन्न पाँच स्थानमा राउन्ड टेबल आयोजना गरेका छौँ। त्यो रिपोर्टाजपछि हामीले बाह्रखरी मिडियामा समाचार प्रकाशित गर्नेछौँ भने त्यसपछि कार्यक्रममा सहजीकरणका लागि सहज हुनेछ,” उनले भने।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved