काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनेबित्तिकै अवैध रुपमा प्रवेश गरेका आप्रवासी फर्काउने आप्रवासनसम्बन्धी नीतिको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
जसको कारण अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरु पनि प्रभावित हुने देखिन्छ । अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्ककाअनुसार ट्रम्पको उक्त नीतिअन्तर्गत ३ हजारभन्दा बढी नेपाली डिपोर्ट हुन सक्नेछन् ।
जसमा जुन २४, २०१५ पछि अमेरिकामा प्रवेश गरेका पर्दछन् ।
हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।
अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्याङ्कअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भएपनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् ।
तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानूनी सुरक्षा नभएकोले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।
पछिल्लो ४ वर्षमा अमेरिकाबाट १०३ नेपालीलाई फर्काइएको छ । जसमा सन् २०२१ मा ३८ साथै २०२२, २०२३ र २०२४ मा क्रमशः २४, २५ र १६ जना छन् ।
Facebook Comment
Comment