काठमाडौं। मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (एमएफसी-सीएन) को सदस्यमा चयन भएको छ। काठमाडौंमा विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाल एमएफसी-सीएनको सदस्यमा चयन भएको हो।
जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम एमएफसी-सीएन प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय संस्थाहरूको समूह हो जसले मिडिया फ्रिडम कोलिसनको काममा सल्लाह दिन्छ र राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका विषयहरूको छनोटलाई सहजीकरण गर्दछ।
मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले मिडियाले स्वतन्त्र र निर्भीक रूपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक रहेको बताए।
Facebook Comment
Comment