भारतमा अनाहकमा ४१ वर्ष जेल बिताएका दुर्गाप्रसादकी आमा रहिनन्

नेपालभ्युज

भारतमा अनाहकमा ४१ वर्ष जेल बिताएका दुर्गाप्रसादकी आमा रहिनन्

काठमाडौं । भारतीय जेलमा अनाहकमा करिब ४१ वर्ष जेल बिताएका दुर्गाप्रसाद तिम्सिनाकी आमा धनमायाको निधन भएको छ।

८७ वर्षको उमेरमा धनमायाको आइतबार बिहान निधन भएको उनका नाति गोपाल तिम्सिनाले जानकारी दिए।

इलाम माई नगरपालिका-१० लुम्बाकस्थित गाउँका दुर्गाप्रसादलाई आमा मनमायाले चार दशकपछि भेट्न पाएकी थिइन्। ४१ वर्ष जेल सजाय भोगेर घर फर्किएका दुर्गाप्रसाद भने अझै पुरानो हालतमा फर्किन सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved